प्रदेश नम्बर २ र ५ को निर्वाचन मिति सर्ने संकेत
काठमाडौं, जेठ । ‘राजपाका साथीहरुसँग पनि यस विषयमा छलफल हुनेछ। कुनै उपायले राजपालाई निर्वाचनमा ल्याउने प्रयास जारी रहन्छ’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘उहाँहरुको इन्टेन्सन के हो भन्ने अझै बुझिएन।’
तीन दलका नेताहरुले आमहड्तालसहितका कार्यक्रम घोषणा गरेर स्थानीय निर्वाचनमा सहभागी नहुने भनिरहेको मधेसकेन्द्रित दलका नेताहरुसँग आज छलफल गर्नेछन्। छलफलमा ठूला दलका नेताहरुले प्रदेश नम्बर २ र ५ मा स्थानीय निर्वाचनको दोस्रो चरणको मिति सार्ने या नसार्नेरु सार्ने हो भने कुन सर्तमा सार्नेरु यसमा राजपाको कस्तो प्रतिवद्धता आउनेरु भन्ने जस्ता प्रश्नको वरिपरि रहेर समाधानको प्रयत्न गर्ने बताइएको छ।
निरन्तर रुपमा बैठक र भेटवार्तामा रहेका सत्तारुढ र प्रमुख विपक्षी दलहरुबीच हिजो साँझसम्म भएका छलफलहरुमा प्रदेश नम्बर २ र ५ को निर्वाचन मिति सारे पनि राजपा फेरि चुनावमा आउँछ भन्ने ग्यारेन्टि के छरु भन्ने प्रश्नको जवाफ पहिल्याउन नसकेपछि दलका नेताहरुले स्थिति अझै जटिल महसुस गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त आफूले ट्वीट गर्दै भनेका छन्, कसैलाई नझुक्याऔ, संविधान संसोधन र स्थानीय तहको संख्या वृद्धि अहिले सम्भव छैन। राजपा यो विना मिति सारे पनि निर्वाचनमा आउदिन भन्दैछ। अतः अध्यारो सुरुङ नखानौं।’
Post a Comment